Tuesday, September 17, 2024
Home MarketIPO भिजन इनर्जीले आईपीओ निष्काशन गर्ने

भिजन इनर्जीले आईपीओ निष्काशन गर्ने

by laganisutra

काठमाडौं । भिजन इनर्जी एण्ड पावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएकाे छ । आईपीओ निष्काशन गर्ने प्रस्तावसहित भदौ १४ गतेका लागि वार्षिक साधारणसभा आह्वान गरेको हाे ।

सभा भर्चुअल माध्यममार्फत ३ बजे सुरू हुने कम्पनीले जनाएको छ । सभाले कम्पनीको आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव र यसक्रममा आवश्यक पर्ने प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्रको दफा ६ संशोधन गर्ने र आईपीओ जारी गर्ने क्रममा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन, थपघट, परिवर्तन वा संशोधन गर्न निर्देशन प्राप्त भएमा समेही बमोजिम गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft