Tuesday, September 17, 2024
Home Economy एक व्यक्तिले अब दुई वटा लुघवित्तबाट ऋण लिन सक्ने

एक व्यक्तिले अब दुई वटा लुघवित्तबाट ऋण लिन सक्ने

by laganisutra

काठमाडौँ । अबदेखि एउटा ऋणीलाई दुई वटा लघुवित्तले ऋण लगानी गर्न सक्ने भएका छन् ।  एउटा ऋणीले दुई वटासम्म लघुवित्त वित्तीय संस्थाबाट ७ लाखको सीमा नबढ्ने गरी ऋण लिन सक्ने व्यवस्था भएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको एकिकृत निर्देशनमार्फत राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो । यसअघि एउटा व्यक्तिले एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाबाट ऋण लिन नपाउने व्यवस्था थियो ।

‘बिना धितो सामुहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा यस व्यवस्थाबमोजिमको कर्जा सीमा ननाघ्ने गरी एउटा ऋणीलाई अधिकतम २ वटा लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्न सक्नेछन,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, ‘क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य हुने छैनन् ।’

सामूहिक जमानीमा मात्रै कर्जा लगानी गर्न पाउने लघुवित्तमा पारिवारिक जमानीमा पनि कर्जा लगानी गर्न सक्ने व्यवस्था गरिएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft