Sunday, September 8, 2024
Home EconomyNational लोक दोहोरी गीत ‘बारुलाको गोलो’ सार्वजनिक (भिडिओ)

लोक दोहोरी गीत ‘बारुलाको गोलो’ सार्वजनिक (भिडिओ)

by laganisutra

काठमाडौं । सुदिप पन्त र शान्ति श्री परियारको स्वरमा ‘बारुलाको गोलो‘ लोक दोहोरी गीत सार्वजनिक भएको छ।

सुदिप पन्त र रमेश कडरियाको शब्द सुदिप पन्तकै संगीत रहेको यस गीतमा रमेश कडरियाले संगीत संयोजन गरेका छन।

सुरोज अधिकारीको सम्पादनमा तयार भएको गीतको म्यूजिक भिडिओलाई कार्टून्ज क्रू का सरोज अधिकारी र रोशन बिकले छायाङ्कन र सरोज अधिकारीले निर्देशन गरेका हुन्।

भिडिओलाई केही फरक शैलीमा प्रस्तुत गरिएको छ भने जङ्गलमा बसोबास गरेका प्रेमी प्रेमिकाको रोमाञ्चक प्रेम दर्शाउनुको साथै केही भिलेन पात्र पनि खडा गरिएको छ।

उक्त म्यूजिक भिडिओमा उषा उप्रेती र रमेश कडरियाले बोल्ड अवतारमा अभिनय गरेका छन्।

नगरकोट र साँखुको जङ्गलमा छायाङ्कन भएको गीतको म्यूजिक भिडिओले चर्चा बटुल्न सक्ने अनुमान गरिएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft