Sunday, September 8, 2024
Home EconomyNational बिरामीको मृत्युपछि अस्पताल परिसरमा तनाव

बिरामीको मृत्युपछि अस्पताल परिसरमा तनाव

by laganisutra

काठमाडौं । धनगढीको नोभा अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका –२ का १७ वर्षीय नसिब चौधरीको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव सिर्जना भएको हो । चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।

उनीहरुले आज अस्पतालमा ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड अश्रुग्यास प्रहार गरेको छ । साउन ७ गते चेकजाँचका लागि अस्पताल पुगेका चौधरीलाई जण्डिस देखिएको भन्दै अस्पतालले भर्ना गरेको थियो । शुक्रबार थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएकोमा एम्बुलेन्समा राख्नेक्रममा नै बिरामीको ज्यान गएको जनाइएको छ ।

अस्पतालले समयमा अन्यत्र रिफर नगर्दा बिरामीको ज्यान गएको मृतकका मामा रामकृष्ण चौधरीले आरोप लगाउनभयो । उहाँले चिकित्सकको लापरवाहीका कारण ज्यान गएको आरोप लगाउनुभयो । अस्पताल प्रशासनले भने बिरामीको उपचारमा चिकित्सकले लापरवाही नभएको दाबी गरेको छ ।

मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिन, क्षतिपूर्ति र दोषी चिकित्सकमाथि कारबाही हुनु पर्ने मागसहित आन्दोलन थालेका छन् । उनीहरुले शव नबुझ्ने अडान राखेका छन् । आन्दोलनरत आफन्त तोडफोडमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुरक्षाका लागि अस्पतालमा प्रहरी तैनाथ गरिएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft