Sunday, September 8, 2024
Home Market निर्माण व्यवसायीका समस्या मौद्रिक नीतिले सम्बोधन गर्‍यो : अध्यक्ष सिंह

निर्माण व्यवसायीका समस्या मौद्रिक नीतिले सम्बोधन गर्‍यो : अध्यक्ष सिंह

by laganisutra

काठमाडौँ । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले ३ वर्षदेखि सम्बोधन नभएका निर्माण व्यवासीका समस्या मौद्रिक नीतिले सम्बोधन गरेको बताएका छन् ।

नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८१्८२ को मौद्रिक नीति सार्वजनिक पश्चात न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष सिंहले यस्तो बताएका हुन् ।उनले मौद्रिक नीतिले निर्माण व्यवसायीहरुले बैंकबाट लिएको कर्जा समायोजनको समय थप गरिदिएर व्यवसायीहरूलाई केही हदसम्म राहत प्रदान गरेको बताए । उनले मौद्रिक नीतिले सम्बोधन गरेका समस्याहरू विगत ३ वर्षदेखि भोग्दै आएपनि विगतका सरकार र राष्ट्र बैंकले समेत सम्बोधन गर्दा आज अर्थतन्त्र चलायमान हुन नसकेको बताए ।

सिंहले निर्माण क्षेत्र चलायमान नहुँदा समग्र अर्थतन्त्रमा परेको प्रभावले सरकार र राष्ट्र बैंक संवेदनशील देखिएको बताए । उनले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले निर्माण क्षेत्रका समस्या समाधान हुने आशाको किरणका रूपमा लिएको बताए । उनले निर्माण क्षेत्रमा भएको संवेदनशिलता र अफ्ठ्यारोहरुलाई बुझेर आएको मौद्रिक नीति आएको बताए ।उनले तत्कालिन समयमा बारम्बार आफ्ठ्याराका विषयमा चलायमान बनाउने गरी मौद्रिक नीति ल्याउन भने पनि अहिलेको सरकारले मात्रै सुनुवाई गर्ने देखिएको बताए ।

सिंहले मुलुकको अर्थतन्त्र संकुचन,राजश्व संकलनको लक्ष्य प्राप्त नहुने लगायतका समस्याका विषयमा राष्ट्र बैंक र सरकार संवेदनशिल देखिएको बताए । उनले समस्या समाधानको लागि मौद्रिक नीतिले सम्बोधन गरेको महशुस भएको बताए ।

उनले भने, ‘यो मौद्रिक नीति निर्माण क्षेत्रमा भएको संवेदनशिलता र अफ्ठ्यारोहरुलाई बुझेर आएको छ । तत्कालिन समयमा बारम्बार आफ्ठ्याराका विषयमा चलायमान बनाउने गरी मौद्रिक नीति ल्याउन भनेका थियौं । तर सरकार र राष्ट्र बैंकले सम्बोधन गर्न सकेको थिएन । त्यसले मुलुकको अर्थतन्त्र समेत चलायमान हुन सकेन । राजश्व संकलनको लक्ष्य समेत प्राप्त हुन सकेन । अहिले निर्माण क्षेत्रका समस्याको विषयमा राष्ट्र बैंक र सरकार संवेदनशील भएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft