Sunday, September 8, 2024
Home Business सेयर बजारमा छायो हरियाली, कुन कम्पनीले कति कमाए ?

सेयर बजारमा छायो हरियाली, कुन कम्पनीले कति कमाए ?

by Lagani Yaman

काठमाडौं । आज शेयर बजारमा भारी अंकले बृद्धि भएर २५०० को विन्दु क्रस गरेको छ । आज शेयर बजार नेप्से परिसूचक ७५ दशलमव ३३ अंकले बढेर २,५६३ को विन्दुमा कायम भएको छ । आज २२० कम्पनीको शेयर मूल्य बढेको छ भने २० कम्पनीको मात्रै शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ११ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम सिमेन्टको शेयर कारोबार भएको छ ।

आज यस कम्पनीको २४ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको २४ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २३ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft