Sunday, September 8, 2024
Home Sports बलियो टोली भारतको सामना गर्दै नेपाल

बलियो टोली भारतको सामना गर्दै नेपाल

by Lagani Yaman

काठमाडौं । एसीसी महिला एसिया कपमा आज नेपालले प्रतियोगिताकै सबैभन्दा सफल टिम भारतविरुद्ध चुनौती प्रस्तुत गर्दै छ ।

महिला क्रिकेटको बलियो राष्ट्र भारतले हालसम्म सातपटक एसिया कपको उपाधि जितिसकेको छ । प्रतियोगिताको साविक विजेता समेत रहेको भारतविरुद्ध नेपालले समूह चरणको अन्तिम खेल खेल्न लागेको हो ।

समूह ‘ए’बाट भारत यसअघिका दुई खेलमा लगातार जितसहित सेमिफाइनलमा प्रवेश गरिसकेको छ । समान खेलबाट दुई अंकको नेपाललाई भने सेमिफाइनल सम्भावना कायम राख्न आज जितको दबाब छ ।

श्रीलंकाको दमुल्लामा हुने यी दुई टिमबीचको खेल बेलुका ७ः१५ बजे सुरु हुनेछ ।

भारतले यसअघि पाकिस्तानलाई सात विकेटले हराएको थियो । भारतले युनाइटेड अरब इमिरेट्स ९यूएई०विरुद्ध ७८ रनको जित निकालेको थियो ।

नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft