Friday, October 18, 2024
Home Politics सुमना श्रेष्ठको चुनाैती- भुटानी शरणार्थी प्रकरण कसले गरेको भन्ने आँट छ ?

सुमना श्रेष्ठको चुनाैती- भुटानी शरणार्थी प्रकरण कसले गरेको भन्ने आँट छ ?

by Lagani Yaman

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानाको बारेमा मिडिया ट्रायल गरिएको भन्दै नहेप्न चेतावनी दिएकी छिन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले उपसभामुख रानामाथि छानबिन हुनुपर्ने बताए लगत्तै सांसद सुमनाले भुटानी शरणार्थी प्रकरणलाई कमजोर बनाउन हेप्ने र मिडिया ट्रायल गर्ने काम गरिएको बताएकी हुन् ।

उनले भनिन् ‘उपसभामुखज्यूको नामबाट जुन मिडिया ट्रायल गरिएको छ । यसमा घोर आपत्ति जनाउन चाहन्छु । हिजोको दिनमा यही सभाबाट एउटा अमूख मान्छेलाई भिसा चाहियो भनेर भनेको होइन ? सडकमा प्रदर्शनमा उत्रिएका होइनन् ? यदि आचरणको कुरा गर्ने हो भने गरौं । सबैको आचरण हेरौं, सबैको लेटरप्याडबाट केके लेखिएको छ, हेरौं । तपाईहरुलाई मन लाग्यो भन्ने मिडिया ट्रायल गर्यो नत्र चुप लागेर बस्ने ? बोल्ने नै हो भने डिक्लिएर गर्नु न भुटानी शरणार्थी प्रकरण कसले गरेको हो भनेर । त्यो आँट छ ? हेप्ने काम चाँही नगर्नुहोला ।’

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft