Sunday, September 8, 2024
Home EconomyGold/Silver लगातार घट्दै सुनको मूल्य, तोलाको कति पुग्यो ?

लगातार घट्दै सुनको मूल्य, तोलाको कति पुग्यो ?

by Lagani Yaman

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला एक लाख ४७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महसंघले जनाएको छ । गएको शुक्रबार चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft