Sunday, September 8, 2024
Home Economy नागरिक लगानी कोषको साधारण सभा सम्पन्न, १४ प्रतिशत बोनस सेयर पारित

नागरिक लगानी कोषको साधारण सभा सम्पन्न, १४ प्रतिशत बोनस सेयर पारित

by laganisutra

काठमाडौं । नागरिक लगानी कोषको २९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७९–८० को प्रस्तावित १४ प्रतिशत बोनस सेयर र ०।७३६८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ ।
सभाले गत वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको छ ।
त्यस्तै आर्थिक वर्ष २०८०र८१ को चैत मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब ४८ अर्ब १ करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा कोषले २ खर्व ३६ अर्ब ८० करोड रुपैयाँ लगानी गरेको छ ।
सभामा कोष सञ्चालक समितिका अध्यक्ष थापाले कोषले वित्तीय बजार र पुँजी बजारमा कोषले नेतृत्वदायी भूमिका खेलेकोले मानव संसाधन विकासलाई उच्च प्राथमिकता दिएको बताए । उनले बैंक रिकन्सिलेसन कार्यको लागि छुट्टै टोली बनाई अगाडि बढिरहेको जानकारी दिए । अध्यक्ष थापाले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरुलाई समाधान गरी लगानीलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft