Sunday, September 8, 2024
Home Market सोमबार नेप्सेमा करेक्सन, कारोबार रकम ६ महिनायताकै उच्च

सोमबार नेप्सेमा करेक्सन, कारोबार रकम ६ महिनायताकै उच्च

by Lagani Yaman

काठमाडौं । लगातार चार कारोबार दिनदेखि बढेको सेयर बजारमा सोमबार करेक्सन आएको छ। पछिल्लो चार कारोबार दिन नेप्से परिसूचक १२०.८२ अंक बढिसकेको छ। उक्त दिनमा नेप्से राम्रो अंकले बढेकाले नाफा बुक गर्ने लगानीकर्ता सक्रिय हुँदा नेप्से घटेको हो।

सोमबार नेप्से परिसूचक १७.१८ अंकले घटेको छ।  नेप्से ०.७६ प्रतिशतले घटेर २२४०.४१ विन्दुमा बन्द भएको छ। सोमबार कारोबार रकम गत छ महिनायताकै उच्च रहेको छ। आज आठ अर्ब ७३ करोड १४ लाख ३६ हजार रूपैयाँको सेयर कारोबार भएको छ। यसअघि गत माघ ३ गते नौ अर्ब ७६ करोडको सेयर कारोबार भएको थियो । आजको कारोबार त्यसयताकै उच्च हो।

आइतबार भने सात अर्ब ६२ करोड चार लाख ९८ हजार ५२० रूपैयाँको सेयर कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब ११ करोड रूपैयाँ वृद्धि भएको हो। यस दिन ३२२ वटा धितोपत्रको दुई करोड ५० लाख ७९ हजार ७९ कित्ता सेयर किनबेच भएको हो। सोमबार ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने १८४ वटाको घटेको छ। यस्तै, २ कम्पनीको मूल्य स्थिर रहेको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत चार समूहको परिसूचक बढेको छ भने बाँकी नौ समूहको परिसूचक घटेको हो।  यसदिन लगानी समूहको परिसूचक सर्वाधिक १.७० प्रतिशतले बढेको छ भने विकास बैंक समूहको परिसूचक सर्वाधिक १.८९ प्रतिशतले घटेको छ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft