297
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २०.२५ विन्दुले बढेको छ । यससँगै सूचक २२७७.८५ अंकमा आएको छ । ४ करोड ५५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३७ कम्पनीको ८६ हजार ९०४ कित्ता सेयर कारोबार भएको छ ।
कुल ११५ कम्पनीको भाउ बढेको छ भने १५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ४८८ वटा कारोबार भएको हो ।