Sunday, September 8, 2024
Home Economy ग्लोबल आइएमई बैंकले घटायो निक्षेपको ब्याजदर, कुनमा कति ?

ग्लोबल आइएमई बैंकले घटायो निक्षेपको ब्याजदर, कुनमा कति ?

by laganisutra

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले ब्याजदर घटाएको छ ।

बैंकले साउन १ गतेदेखि लागू हुने ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ अधिकतम ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकको गत असार महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ अधिकतम ५.५० प्रतिशत ब्याजदर रहेको थियो ।

त्यस्तै बैंकले साउन महिनाका लागि व्यक्तिगतमा ३ देखि ६ महिना अवधिका लागि ४ प्रतिशत, ६ महिनादेखि १ वर्षभन्दा कम अवधिका लागि ५ प्रतिशत, १ देखि २ वर्षभन्दा कम अवधिका लागि ५.५० प्रतिशत र २ वर्ष वा सोभन्दा माथिको अवधिका लागि ६.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । भने संस्थागततर्फ ६ महिनादेखि १ वर्षभन्दा कम अवधिका लागि ४ प्रतिशत, १ वर्षदेखि २ वर्षभन्दा कम अवधिका लागि ४.५० प्रतिशत र २ वर्ष वा सोभन्दा माथिको अवधिका लागि ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft