Tuesday, September 17, 2024
Home Economy एक अमेरिकी डलरको भाउ १३४ पुग्यो, यस्तो छ रियाल, रिंगिट र दिराम भाउ

एक अमेरिकी डलरको भाउ १३४ पुग्यो, यस्तो छ रियाल, रिंगिट र दिराम भाउ

by laganisutra

काठमाडौं । शुक्रबार अमेरिकी डलरको भाउ ६ पैसा बढेको छ । राष्ट्र बैंकले यस दिनका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३४ रुपैयाँ तोकेको छ भने खरिददर मूल्य १३३ रुपैयाँ ४० पैसा छ । अष्ट्रेलियन डलर २१ पैसा र क्यानेडियन डलर ६ पैसा बढेको छ । एक अष्ट्रेलियन डलरको बिक्रीदर मूल्य ९० रुपैयाँ ५० पैसा तथा खरिददर ९० रुपैयाँ १० पैसा कायम भएको छ ।

क्यानेडियन डलरको बिक्रीदर ९८ रुपैयाँ २७ पैसा तथा खरददर मूल्य ९७ रुपैयाँ ८३ पैसा छ । एक यूरोको बिक्रीदर मूल्य १४५ रुपैयाँ ४० पैसा तथा खरिददर मूल्य १४४ रुपैयाँ ७५ पैसा छ । एक मलेसियन रिंगिटको बिक्रीदर मूल्य २८ रुपैयाँ ५९ पैसा, खरिददर मूल्य २८ रुपैयाँ ३७ पैसा छ । अघिल्लो दिनको तुलनामा यो १० पैसा बढी हो । एक कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ७५ पैसा, खरिददर मूल्य ३६ रुपैयाँ ५८ पैसा तोकिएको छ ।

साउदी अरेबियन रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ७३ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ५७ पैसा तोकिएको छ । कतारी र साउदी रियाल अघिल्लो दिनको तुलनामा २ पैसा बढी हो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft