Tuesday, September 17, 2024
Home Business मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम चार खर्ब २५ अर्बले धेरै 

मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम चार खर्ब २५ अर्बले धेरै 

by laganisutra

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना साउनदेखि जेठ सम्ममा मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम चार खर्ब २५ अर्बले धेरै भएको छ। मुलुकले गर्ने आम्दानी, विदेशी सहायता, प्रत्यक्ष वैदेशिक लगानी लगायत सबै गरेर बाहिरिने रकमभन्दा भित्रिने रकम धेरै भएको हो।

यसलाई भुक्तानी सन्तुलन अथवा शोधानान्तर बचत समेत भनिन्छ। अघिल्लो वर्षको असोजदेखि मुलुक भुक्तानी सन्तुलनमा देखिन थालेको हो। रेमिटेन्समा भइरहेको वृद्धि, पर्यटक आगमनबाट बढेको आम्दानी, प्रत्यक्ष वैदेशिक लगानीमा भएको सुधार लगायतले मुलुकको आम्दानी बढेको छ। यसको अनुपातमा आयातमा भइरहेको कमीले पनि भुक्तानी सन्तुलन देखिएको हो।

वार्षिक रूपमा भने यस्तो खाता आर्थिक वर्ष २०७३।७४ देखि नोक्सानमा रहँदै आएको छ। चालु आर्थिक वर्ष अन्त्यसम्ममा भने यो वर्ष चालु खाता नाफामा देखिने सम्भावना रहेको राष्ट्र बैंकले बताएको छ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft