Sunday, September 8, 2024
Home Market नेप्सेमा २३.२५ अंकको बृद्धि, ५ अर्बभन्दा बढीको कारोबार

नेप्सेमा २३.२५ अंकको बृद्धि, ५ अर्बभन्दा बढीको कारोबार

by laganisutra

काठमाडौं । सेयर बजार बुधबार पनि दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक २३।२५ अंकले २१७५.४० को विन्दुमा उक्लिएको छ।
आज ३२२ कम्पनीको १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७४ करोड माथिको सेयर कारोबार भएको छ । आज १३ उप–सूचकमध्ये १२ वटा समूहका सूचक बढेका छन् भने १ समुहका सूचक घटेका छन् ।
बजार बढ्दा १९४ कम्पनीको सेयरमूल्य बढेको छ भने ४६ कम्पनीको सेयरमूल्य घट्दा ५ वटाको स्थिर रहेको छ।
आज सबैभन्दा धेरै बलेफी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९।९९ प्रतिशतका दरले कमाएका छन् । एविएल डिबेञ्चरका इकाईधनीले ८।६६ प्रतिशतका दरले कमाएका छन् । सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले ८।३२ प्रतिशतका दरले कमाएका छन् । एसबिएल डिबेञ्चरका इकाईधनीले ८ प्रतिशतका दरले कमाएका छन् ।
आज हाथवे इन्भेस्टमेन्टको सर्वाधिक कारोबार भएको छ । यस कम्पनी १५ करोड ८ लाख रुपैयाँको कारोबार भएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft