२०८१ असार २२
Home Economy सत्ता समीकरणमा फेरबदलले सेयर बजारमा उत्साह

सत्ता समीकरणमा फेरबदलले सेयर बजारमा उत्साह

by laganisutra

काठमाडौं । सत्ता समीकरण परिवर्तन हुने भएसँगै सेयर बजारमा उत्साह देखिएको छ । नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार बनाउने सहमति भएपछि मंगलबार सेयर बजारमा उछाल देखिएको हो।

नेप्से परिसूचक ४७.०० अंकले बढेर २१००.४३ को विन्दुमा बन्द भएको छ । आज ३१५ कम्पनीको एक करोड १६ लाख ४५ हजार ९०५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड रुपैया माथिको सेयर कारोबार भएको छ ।

बजार बढ्दा २२७ कम्पनीको सेयरमूल्य बढेको छ भने १७ कम्पनीको सेयरमूल्य घट्दा ३ वटाको स्थिर रहेको छ। आज नेप्सेमा रहेका सबै १३ वटा उपसमूहमा हरियाली छाएको छ।

आज सबैभन्दा धेरै एनआरएनको १२ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गुडविल फाइनान्सको ११ करोड १० लाख रुपैयााको सेयर कारोबार भएको छ । यूनाइटेड इर्दी मर्दिको १० करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन हिमालयन डिष्टिलरीका लगानकिर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.५४ प्रतिशतका दरले कमाएका छन् । समाज लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले ६.९६ प्रतिशतका दरले कमाएका छन् । गुडविल फाइनान्सका लगानीकर्ताले ५.७४ प्रतिशतका दरले कमाएका छन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.