२०८१ असार २०
Home BusinessCompanies आएन सेयर बजारमा माहोल, नेप्से झन् किन शिथिल भयो ?

आएन सेयर बजारमा माहोल, नेप्से झन् किन शिथिल भयो ?

by laganisutra

काठमाडौं । सेयर बजार घट्नेक्रमले साताको पहिलो दिन आइतबार पनि निरन्तरता भएको छ । यस दिन नेप्से सूचक १४।८३ विन्दुले घटेर २०३७।०९ अंकमा आएर अडिएको छ । ३ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । जम्मा २ वटा समूहको सूचक मात्र बढेका छन् । समग्रमा हेर्दा, लगानीकर्तामा खासै उत्साह देखिएको छैन ।
मागभन्दा आपूर्ति पक्ष बढी हावी हुँदा बजार थप दबाबमा परेको हो । असार लागेपछि बजार झन् शिथिल बनेको छ । अब विस्तारै असार मसान्तको पनि दबाब पर्ने अनुमान गर्न सकिन्छ । मसान्तमा कर्जाको साँवा–ब्याज भुक्तानी गर्नुपर्ने भएकाले पनि बजारले थप दबाबको सामाना गर्नुपर्ने हुन सक्छ ।

यद्यपि, बजार निरन्तर घट्दै आएकाले मसान्तमा दबाब कत्तिको हुन्छ त्यो भने हेर्न बाँकी नै छ । कतिपय अवस्थामा लगानीकर्ताले साँवा–ब्याज भुक्तानीका लागि पहिल्यै रकम जोहो गरिसकेका पनि हुन्छन् ।

निरन्तर ब्याजदर घटे पनि अधिकांश पुराना लगानीकर्ता शिथिल भइसकेको देखिन्छ । बजारले गति लिनका लागि नयाँ लगानीकर्ताको आगमन पनि जरुरी देखिन्छ । हकप्रद र बोनस र नयाँ कम्पनी थपिंदा बढेको आपूर्ति खपतका लागि पनि नयाँ लगानीकर्ता थपिन आवश्यक हुन्छ ।

तर, निरन्तर घटेको बजारबाट धेरै लगानीकर्ताले घाटा व्यहोरिरहेका छन् । बजार सुधारका लागि सरकार तथा नियामक निकायहरुबाट प्रभावकारी पहल भएको छैन । यसकारण पनि बजारले गति लिन नसकेको हो ।

बजार २ हजारको लाइनमा झरेपछि नेप्से समग्रमा साइडेज प्रवृत्तिमा छ । सेयर बजारसम्बन्धी शिक्षा तथा चेतना बढाउने काम भएको छैन । उपत्यकाका र केही सीमित सहरहरुमा बाहेक देशका अन्य भूभागमा सेयर बजारका बारेमा पहुँच पुर्याउने कार्य भएको देखिंदैन ।

यसैगरी, संस्थागत लगानीकर्ताको सख्या बढाउनका लागि प्रोत्साहन दिने नीति पनि सरकारले अघि सारेको छैन । संस्थागत लगानीकर्ताको उपस्थिति पनि बजारमा कमजोर देखिन्छ । माग पक्ष कमजोर हुनुमा यी पनि थप कारण हुन् ।

यस्तै, सेयर बजारका लागि नीतिगत विषयमा पनि समस्या छ । अहिले सेयर धितो कर्जामा व्यक्तिगत लगानीकर्ताका लागि १५ करोड र संस्थागत लगानीकर्तालाई २० करोडको क्याप लगाइएको छ । यही नीतिगत अवरोधकै कारण लामो समयदेखि ब्याजदर घटे पनि बजारले गति लिन नसक्नुको अर्को महत्वपूर्ण कारण हो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.