२०८१ असार १९
Home AGRICULTRE पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा

पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा

by laganisutra

काठमाडौँ । कृषि तथा पशुपक्षी मन्त्रालय स्रोतका अनुसार झन्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा हुने गरेको छ । सबै क्षेत्रमा सिचाइको सुविधा नहुँदा किसान रोपाई गर्न आकाशे पानीकै भर पर्नुपरेको हो । रोपाइँ गर्न किसान कहिले आकाशे पानी पर्ला भनेर कुर्नुपर्ने अवस्था यथावत छ ।

कृषि मन्त्रालयको तथ्यांकअनुसार यस वर्ष देशभर ९ दशमलव ८ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । गत वर्ष असार १५ गतेसम्म करिब ८ दशमलव ७५ प्रतिशत मात्र धान रोपाई भएको थियो । कृषि मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीका अनूसार यस वर्ष मनसुन छिटो भित्रिए पनि ढिलो सक्रिय हुँदा धान रोपाई सन्तोषजनक नरहेको बताएका छन् । हालसम्म अधिकांश सिँचाइ सुविधा पुगेका क्षेत्रमा मात्रै धान रोपाइँ भएको छु । उनले भने कतिपय स्थानमा राम्रोसँग वर्षा भएको छैन । कहिले वर्षा होला र धान रोपौँला भनेर किसान पर्खाइमा बसेका छन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.