२०८१ असार १६
Home Business नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम, नेपाल फाइनान्सको सर्वाधिक कारोबार

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम, नेपाल फाइनान्सको सर्वाधिक कारोबार

by laganisutra

काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचकसँगै कारोबार रकम घटेको छ । यस दिन परिसूचक ११ दशमलव ६० अंक घटेर २ हजार ६० दशमलव १६ विन्दुमा पछिल्लो केही दिनयता नेप्से परिसूचक २ हजार वरिपरिको लाइनमा चलिरहेको छ । २१ सय विन्दुबाट तल झरेपछि बजार समग्र चाल निकै सुस्त देखिएको छ । समग्रमा बजार साइडवेजुमा रहेको देखिन्छ ।
अघिल्लो कारोबार दिन रू ४ अर्ब १८ करोड बराबरको कारोबार भएकोमा आज ४ अर्ब ५ करोड बराबरको भएको हो । यसबाट आम लगानीकर्ताको मनोबल खासै बलियो हुन नसकेको देखिन्छ । निरन्तर ब्याजदर घटेको छ भने वित्तीय प्रणालीमा तरलता सहज छ । साथै अर्थतन्त्रका बाह्य सूचक सकारात्मक बनेको छ । यसो हुँदा पनि शेयर बजार सकारात्मक हुन सकेको छैन । यसो हुनुको मुख्य कारण नीतिगत अवरोध रहेको लगानीकर्ताहरू बताउँदै आएका छन् । नीतिमा सुधार नगरेसम्म बजार सकारात्मक हुन नसक्ने जानकारहरू बताउँछन् ।यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ६२ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ६३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ८१ प्रतिशत घटेको छ ।

यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ६२ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ६३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ८१ प्रतिशत घटेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.