144
काठमाडौं । प्री ओपन सेसनमा नेप्से परिसूचक १.१४ अंकले बढेको छ। सेयर कारोबार साताको चौथो दिन बुधबार प्री ओपन सेसनमा नेप्से परिसूचक १.१४ अंकले बढेर २०६७.३१ विन्दुमा पुगेको छ ।
यो समयमा ५३ स्क्रिप्सको ४ हजार ११४ कित्ता सेयर २५ लाख ६३ हजार १८२ रुपैयाँमा खरिदबिक्री भए। प्री ओपन सेसनमा २६ स्टकको मूल्य बढ्दा २० वटाको घट्यो भने ३ वटाको मूल्य स्थिर रह्यो।