२०८१ असार १२
Home Artha ब्याजदर घट्दा पनि लगानीकर्ताको मनोबल सकारात्मक हुन सकेन , आइतवार १७ अंक घट्यो नेप्से।

ब्याजदर घट्दा पनि लगानीकर्ताको मनोबल सकारात्मक हुन सकेन , आइतवार १७ अंक घट्यो नेप्से।

by Lagani Yaman

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १७ दशमल ०४ अंक घटेर बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिन पनि नेप्से परिसूचक घटेको थियो । आइतवार नेप्से परिसुचक २ हजार ९५ दशमलव २५ विन्दुमा झरेको हो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन रू. ६ अर्ब भन्दा बढीको कारोबार भएकोमा आइतवार रू. ५ अर्ब ४७ करोडमा झरेको छ । 
ब्याजदर निरन्तर घट्दा पनि शेयर बजारले सकारात्मक लय समात्न नसकेको देखियो । बैंकहरुले ब्याजदर घटाउने निर्णय गरेकाले आइतवार बजारमा पनि नयाँ उत्साह देखिने आम लगानीकर्ताको अपेक्षा थियो । तर नेप्सेले भने सकारात्मक सन्देश दिन सकेन । अल्पकालीन कारोबारी हावी हुँदा  सूचक प्रभावित भएको लगानीकर्ता बताउँछन् ।  

यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ८६ प्रतिशत,फ्लोट इन्डेक्स शून्य दशमलव ८३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ प्रतिशत घटेको छ  । 
३१७ धितोपत्रको १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता शेयर ७१ हजार ९९७ पटकमा रू. ५ अर्ब ४७ करोड बराबरको करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये  नेपाल फाइनान्स कम्पनीको शेयर मूल्यमा सकारात्मक ुसर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोवार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू.६६१ दशमलव १० पुगेको छ । त्यस्तै दोस्रोमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ०९ प्रतिशत बढेर रू. १ हजार ८ सय पुगेको हो । 

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार १७ दशमलव ९० कायम भएको छ । त्यस्तै दोस्रोमा समृद्धि फाइनान्सको शेयर मूल्य ६ दशमलव ११ प्रतिशत घटेर रू. ४०९ मा झरेको छ।

सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा नेपाल फाइनान्सले ओगटेको छ । यस कम्पनीको रू. ३० करोड ४ लाख बराबरको कारोबार भएको हो । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको रू. १८ करोड १९८ लाख बरावरको भएको हो । 

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये होटल तथा पर्यटन समूहको सूचक शून्य दशमलव ०४ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको सूचक घटेको हो । सबैभन्दा बढी लघुवित्त समूहको सूचक १ दशलमव ७१ प्रतिशत घटेको छ । 

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.