२०८१ असार १६
Home Politics डोल्पामा हिमाली रङ्गशाला बनाउँछौँ : मन्त्री बुढा

डोल्पामा हिमाली रङ्गशाला बनाउँछौँ : मन्त्री बुढा

by laganisutra

काठमाडौँ – नेपालको सबैभन्दा उच्च ठाउँमा खेलकुदका लागि रङ्गशाला बनाउन लागिएको सहरी विकास मन्त्री धनबहादुर बुढाले बताएका छन् । 

डोल्पा जिल्लाको डोल्पो बुद्ध गाउँपालिकाको फालमा हिमाली रङ्गशाला निर्माण गरिने र त्यसका लागि सहरी विकास मन्त्रालयबाट ६० लाख बजेट विनियोजन गरेको उनले बताए । झन्डै ३८ सय देखि ४ हजार मिटर उचाइमा रङ्गशाला बनाउन लागिएको  उनले बताए । डोल्पोबुद्ध गाउँपालिका, शे फोक्सुण्डो गाउँपालिका र छार्का ताङसोङ गाउँपालिकाका लागि हिमाली रङ्गशाला बनाइन लागिएको उनको भनाई छ ।  

उनले भने–‘डोल्पाका ३ वटा गाउँपालिकाकालाई हुने गरेर हिमाली रङ्गशाला बनाउन लागेका हौँ । त्यसका लागि ६० लाख रुपैयाँ सहरी विकास मन्त्रालयले छुट्याएको छ । रङ्गशाला बन्ने स्थान ठ्याक्कै तिब्बतको सिमानामा पर्छ ।’यस्तै डोल्पा सदरमुकाम दुनैमा बृहत् भेला, बैठक सम्मेलन तथा कार्यक्रम सञ्चालन गर्नको लागि जिल्ला समन्वयको परिसरमा एउटा ठुलो सभाहल निर्माण गरिने बताए ।

सहरी विकास मन्त्रालयले यसका लागि १ करोड ५३ लाख रकम विनियोजन गरेको जानकारी दिए । दुनैमा व्यवस्थित र आकर्षक बसपार्क निर्माणका लागि १ करोड छुट्याएको बताए । यस्तै डोल्पा जिल्लाको पत्रकार महासंघको भवन अहिलेसम्म नभएकोले भवन निर्माणका लागि २५ लाख रुपैयाँ रकम छुट्याएको बताए । 

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.