२०८१ जेष्ठ ७
Home Business प्रभु इन्स्योरेन्सको नाफा बढ्यो, यस्ताे छ वित्तीय विवरण

प्रभु इन्स्योरेन्सको नाफा बढ्यो, यस्ताे छ वित्तीय विवरण

by laganisutra

काठमाडौं । प्रभु इन्स्योरेन्सको नाफा चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २३७.१७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा ११ करोड ६१ लाख १ हजा रुपैयाँ नाफा आर्जन गरेको थियाे । कम्पनीले समीक्षा अवधिमा ३९ करोड १४ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीको खुद बीमा शुल्क २१.५३ प्रतिशतले बढेर ४६ करोड ४३ लाख ७० हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो बीमा शुल्क ३८ करोड २० लाख ८७ हजार रुपैयाँ रहेको थियो ।

चालू आवको ९ महिनासम्ममा कम्पनीको बीमा कोषको आकार १ अर्ब ८७ करोड २६ लाख ४४ हजार रुपैयाँको रहेको छ । यो गत आवको सोही अवधिको तुलनामा १७.०६ प्रतिशतले बढी हो । गत आवमा कम्पनीको बीमा कोषमा १ अर्ब ५९ करोड ९६ लाख ८३ हजार रूपैयाँ थियो ।

कम्पनीले कुल बीमा शुल्कबापत १ अर्ब ११ करोड ९६ लाख ६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधिमा यस्तो बीमा शुल्क ९८ करोड ७१ लाख ८५ हजार रुपैयाँ थियो ।

चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीको चुक्ता पुँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार रुपैयाँ र जगेडा कोष १० करोड ३४ लाख ५० हजार रुपियाँ, महाविपत्ती कोष अर्ब २४ करोड ६१ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३७.९३ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २२४. ६७ रुपैयाँ रहेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.