Sunday, September 8, 2024
Home Business आज कुन देशको विदेशी मुद्रा कतिमा हुँदैछ किनबेच ?

आज कुन देशको विदेशी मुद्रा कतिमा हुँदैछ किनबेच ?

by laganisutra

काठमाडौं। अमेरिकी डलरको सटही दर बिहीबारका लागि यथावत् राखिएको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी मुद्रा विनिमय दरअनुसार बिहीबारका लागि अमेरीकी डलर १ को नेपाली खरिद १३३ रुपैयाँ १९ पैसा तथा बिक्री दर १३३ रुपैयाँ ७९ पैसा कायम छ।

यसअघि बुधबार पनि डलरको खरिद बिक्री सोही मूल्यमा भएको थियो। बिहीबार युरो र पाउन्ड स्टिर्लिङको सटही दर घटेको राष्ट्र बैंकले जानकारी दिएको छ।

आजका लागि युरो ज्ञ को नेपाली खरिद १४२ रुपैयाँ १३ पैसा तथा बिक्री १४२ रुपैयाँ ७७ पैसा तोकिएको छ। यसअघि बुधबार युरो ज्ञ को नेपाली खरिद १४२ रुपैयाँ ८३ पैसा तथा बिक्री १४३ रुपैयाँ ४७ पैसा रहेको थियो।

त्यस्तै पाउन्ड स्टर्लिङको नेपाली खरिद १६६ रुपैयाँ २० पैसा तथा बिक्री १६६ रुपैयाँ ९५ पैसा तोकिएको छ। उक्त दर पनि बुधबारको तुलनामा घटेको हो। बुधबार पाउन्ड स्टर्लिङको खरिद १६७ रुपैयाँ १० पैसा तथा बिक्री १६७ रुपैयाँ ८५ पैसा रहेको थियो।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft