२०८१ असार २३
Home Business नबिल बैंकबाट १ करोड बढी चोरी गर्ने चार पक्राउ

नबिल बैंकबाट १ करोड बढी चोरी गर्ने चार पक्राउ

by laganisutra

पर्सा । नबिल बैंकबाट चोरी गर्ने समूह मध्येका चार जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पर्साको वीरगञ्जबाट तीन जना र भारतबाट एक जना पक्राउ परेका हुन् । तर प्रहरीले यसलाई गोप्य राखेको छ ।

नबिल बैकको वीरगन्ज शाखाबाट एक सय दरका करिब १ करोड ३४ लाख नोट चोरी भएको थियो । प्रहरीका अनुसार सोमबार बिहान अज्ञात समूहले बैंकमा आएर चोरी गरेपछि प्रहरीले त्यो समूहलाई मंगलबार साँझसम्म नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा रहेका मध्ये एक जना भारतमा रहेकाले उनलाइ नेपाल ल्याउन भारतीय प्रहरीसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रौतहटमा सञ्जय जैसवाल र छोटेलाल जैसवाल, पण्डुराम पासवनसहित चार जना रहेका छन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.