673
काठमाडौं । नबिल बैंकको संस्थापक शेयर बिक्रीमा रहेकाे छ । नबिल बैंकको संस्थापक समूहको ३ लाख कित्ता शेयर बिक्रीमा राखिएको हाे ।
शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । यसका लागि ३५ दिनको अवधि दिइएको छ ।
तोकिएको अवधिभित्र इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदा लागि निवेदन दिनुपर्नेछ ।