२०८१ बैशाख २३
Home Sports आईपीएलमा गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

आईपीएलमा गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

by laganisutra

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । अरुण जेट्ली स्टेडियममा भएको खेलमा दिल्लीले गुजरातलाई ४ रनले पराजित गरेको हो । २२५ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर २२० रन मात्र बनाउन सक्यो ।

गुजरातका लागि साइ सुदर्शनले सर्वाधिक ६५ रनको योगदान दिए । ३९ बलको सामना गरेका सुदर्शनले ७ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै, डेविड मिलरले ५५ र रिद्दिमान साहले ३९ रन जोड्दा रासिद खान २१ रनमा नटआउट रहे । कप्तान सुभमन गिल भने ६ रनमा जोडेका थिए ।

दिल्लीका राशिख सलामले ३, कुलदीप यादवले २ तथा मुकेश कुमार, एनरिच नोर्किया र अक्षर पटेलले १-१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्ली क्यापिटल्सले २० ओभरमा ४ विकेटको क्षतिमा २२४ रनको योगफल तयार पारेको थियो ।

दिल्लीका लागि कप्तान ऋषभ पन्तले सर्वाधिक ८८ रनको जोडे । पन्तले ४३ बलमा ५ चौका र ८ छक्का प्रहार गरेका थिए । यस्तै, अक्षर पटेलले ६६, जेक फ्रेजर म्याकगर्कले २३, ट्रिस्टन स्टब्सले २६, पृथ्वी पंकजले ११ र साई होपले ५ रन जोडे ।

गुजरातका सन्दिप वारियरले ३ र नुर अहमदले १ विकेट लिए । जितसँगै दिल्ली ९ खेलबाट ८ अंकका साथ लिगको छैटौँ स्थानमा छ । गुजरात भने ९ खेलबाट ८ अंक जोड्दै लिगको सातौँ स्थानमा छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.