Sunday, September 8, 2024
Home Market भुक्तानी लिन बाँकी लाभांश बुझिलिन सेयरधनीलाई गरिमा विकास बैंकको आग्रह

भुक्तानी लिन बाँकी लाभांश बुझिलिन सेयरधनीलाई गरिमा विकास बैंकको आग्रह

by Lagani Yaman

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई भुक्तानी लिन बाँकी रहेको पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ ।

गरिमा विकास बैंक र यस बैंकमा गाभिनुपूर्व साविक शुभेच्छा विकास बैंक, साविक निलगिरी विकास बैंक र साविक साहारा विकास बैंकको साधारण सभाबाट पारित नगद लाभांश हालसम्म पनि केही शेयरधनीले बुझिलिन बाँकी रहेकाले बैंकले एक सूचना जारी गर्दै लाभांश लिन आग्रह गरेको हो ।

यसका लागि शेयरधनीले गरिमा विकास बैंकको शेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ ।

साथै, ३५ दिनभित्र आर्थिक वर्ष २०७४।०७५ सम्मको नगद लाभांश बुझिलिन नआएमा उक्त अवधिसम्मको बाँकी नगद लाभांश रकम कम्पनी ऐन, २०६३ को दफा १८२ को उपदफा (९) मा भएको व्यवस्था अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैँकले जनाएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft