Sunday, September 8, 2024
Home Sports आयरल्याण्ड ‘ए’ सँग खेल्दै नेपाल

आयरल्याण्ड ‘ए’ सँग खेल्दै नेपाल

by laganisutra

काठमाडौं । नेपाल र आयरल्याण्ड ‘ए’ (आयरल्याण्ड्स वुल्भ्स) बीचको दुई खेलको टी–२० श्रृङ्खला आजदेखि शुरु हुँदैछ । नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ए टिमसँग आज पहिलो खेल खेल्न लागेको हो । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ ।

यो श्रृङ्खला खेल्ने नेपाली टिममा कप्तान रोहित पौडेल तथा अरु खेलाडीहरुमा आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, बिवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा र आकास चन्द रहेका छन् । नेपाली टोलीले आयरल्याण्ड ए सँग भोलि अर्को खेल खेल्ने छ ।

नेपालले आउने टी–२० क्रिकेट विश्वकप र एसिया कप छनोटको तयारी स्वरूप यो मैत्रीपूर्ण खेल खेल्न लागेको हो । उल्भसले नेपालको सिनियर टोलीसँगको श्रृंखलापछि नेपाल ए सँग ३ खेलको टी–२० र ३ खेलको एकदिवसीय श्रृङ्खला खेल्नेछ ।

यसै श्रृङ्खलाका लागि क्यानले विनोद भण्डारीको कप्तानीमा दुई फरक टोली घोषणा गरेको छ । नेपाल ए ले आयरल्यान्डसँग यही चैत १५, १६ र १८ गते टी–२० श्रृङ्खला खेल्नेछ । त्यसैगरी चैत २१, २३ र २५ गते एक दिवसीय श्रृङ्खला खेल्नेछ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft