296
काठमाडौं। सोमबार लागि नेपाली बजारमा अमेरिकी डरल सटही दर यथावत् रहेको छ। आइतबारको तुलनामा यथावत् रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।
सोमबार अमेरिकी डलर १ को नेपाली खरिद दर १३२ रुपैयाँ ३१ पैसा र बिक्री दर १३२ रुपैयाँ ९१ पैसा रहेको छ। आइतबार पनि सोही दरमा कारोबार भएको थियो।
त्यस्तै सोमबार युरो १ को नेपाली खरिद दर १४४ रुपैयाँ ७ पैसा र बिक्री ददर १४४ रुपैयाँ ७३ पैसा तोकिएको छ। यसअघि आइतबार युरो १ को नेपाली खरिद दर १४४ रुपैयाँ ६ पैसा तथा बिक्री दर १४४ रुपैयाँ ७१ पैसा रहेको थियो।