Sunday, September 8, 2024
Home Business एकै परिवारले गर्‍यो ३५ लाखको सुन्तला बिक्री

एकै परिवारले गर्‍यो ३५ लाखको सुन्तला बिक्री

by laganisutra

काठमाडौं । स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँला स्थित एकै परिवारले रु ३५ लाखको सुन्तला उत्पादन गरेर बिक्री गरेका छन्। सफल सुन्तला उत्पादक किसानको पहिचान बनाएका यहाँका ८२ वर्षीय किसान देवीप्रसाद भण्डारीका छोराहरूले यस वर्ष रु ३५ लाखको सुन्तला उत्पादन गरेर बिक्री गरेको बताएका छन् ।

उनले करिब एक हजार सुन्तलाको बोट हुर्काएर छोराहरूलाई हस्तान्तरण गरेको बताएका छन् । भण्डारीले करिब ४० वर्षदेखि परम्परागत रूपमा सुन्तला लगाउँदै आएका छन्‌।‘चिन्दै नचिनेका मान्छेहरू स्याङ्जाबाट आएर यहाँ सुन्तला हुन्छ भनेर हौसला दिए’, देवीप्रसादले भने, ‘पहिला परम्परागत रूपमा लगायौँ भने २० वर्षदेखि व्यावसायिक सुन्तलाखेती गर्दै आएका छौँ।’ उनले हालसम्म छोराहरूले तीन हजार सुन्तलाका बोट पुर्‍याएको दाबी गरेका छन् ।देवीप्रसादका छ भाइ छोरामध्ये तीन भाइले सुन्तलाखेती गर्दै आएका छन्। भण्डारीको काइँलो छोरा ताराप्रसादले यस वर्ष मात्रै रु २० लाखको सुन्तला उत्पादन गरेर बिक्री गरे। उनले अघिल्लो वर्ष रु १६ लाखको सुन्तला उत्पादन गरेका थिए।यस वर्ष जेठो छोरा डोलराज भण्डारीले रु १० लाख र साइँलो छोरा कमलले रु पाँच लाखको सुन्तला उत्पादन गरेर बिक्री गरे।

उनीहरूले पनि अघिल्लो वर्ष करिब रु १० लाखको सुन्तला बिक्री गरेका थिए।तीन वर्षपहिले सिम्रन कृषि तथा पशुपालन फार्म दर्ता गरेरै सुन्तलाखेतीलाई व्यवस्थित गरेको ताराप्रसादका छोरा कविराजले बताएका छन् । उनका अनुसार हाल आफ्नो बगैँचामा उत्पादन दिने एक हजार बोट छ भने बिरुवा र उत्पादन दिने तयारीका करिब एक हजार बोट छन्। एक हजार बोट नयाँ बिरुवा लगाउन खाल्डा तयारी अवस्थामा रहेको कविराजले बताएका छन् ।उनले पुराना बोट मासेर नयाँ लगाएका कारण यो वर्ष सुन्तला उत्पादन सोचे जस्तो नभएको सुनाएका छन् । उनले काउली, बन्दा, अकबरे खुर्सानी लगायत तरकारी बिक्री गरेर वार्षिक रु तीन लाख बिक्री गर्दै आएको बताएका छन् । ‘खेती किसानीमा सबै परिवार आबद्ध छौँ । काम गरे अनुसारको प्रतिफल पनि छ’, कविराजले भने, ‘तर पनि कहिलेकाहीँ सबै विदेश जाँदा विदेश जाने रहर जाग्न थालेको छ।’

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft