२०८१ असार १९
Home Business सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम कति ?

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम कति ?

by laganisutra

काठामाडौं। साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक २२.१० अंकले बढेर २०५२.६५ को विन्दुमा बन्द भएको छ।

आज माइक्रोफाइनान्स उपसूचक ४ प्रतिशतले बढेको छ । आज दिनभरिमा २०४ कम्पनीको ७० करोड ४३ लाख ४५७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९२ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज हाइड्रोपावर बाहेक सबै उपसूचक बढेका छन् । आज १९४ कम्पनीको शेयर मूल्य बढेको छ भने ४६ कम्पनीको सेयर मूल्य घटेको छ । आज माइक्रोफाइनान्स कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

बजार बढ्दा १९४ कम्पनीको शेयरभाउ बढेको छ भने ४६ वटाको घटेको छ। यो दिन ४ कम्पनीको सेयरभाउ स्थिर रहेको छ।

शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सोनापुर मिनरल्स १८ करोड १३ लाख रुपैयाँ,जोशी हाइड्रोपावर ७ करोड ९० लाख रुपैयाँ,हाथवे इन्भेस्टमेन्ट ७ करोड २८ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्स ७ करोड १५ लाख रुपैयाँ,घोराही सिमेन्ट ७ करोड १५ लाख रुपैयाँ,गोर्खाज फाइनान्स ६ करोड ७८ लाख रुपैयाँ,सन नेपाल लाइफ इन्स्योरेन्स ५ करोड ६१ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चर ४ करोड ९ लाख रुपैयाँ,मोलुङ हाइड्रोपावर ३ करोड ८० लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.