Friday, November 22, 2024
Home MarketIPO सर्वोत्तमले जारी गरेको आइपिओमा मागभन्दा १९ गुणा बढी आवेदन

सर्वोत्तमले जारी गरेको आइपिओमा मागभन्दा १९ गुणा बढी आवेदन

by laganisutra

काठमाडौं। सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओमा माग भन्दा १९.३२ गुणा बढीको आवेदन परेको छ। कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन आज बुधबार साँझ ५ बजेसम्ममा १० लाख १२ हजार ३ सय ८४ जना आवेदकबाट ५ करोड ३६ लाख ३३ हजार ९ सय ९० कित्ताको लागि आवेदन परेको छ । यो १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९ सय ९१ रुपैयाँ बराबरको आवेदन हो ।

कम्पनीले फागुन १३ गतेदेखि आज फागुन १६ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई २७ लाख ७६ हजार ७६ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले आयोजना प्रभावितलाई सेयर बिक्री गर्दा बिक्री नभएको ६,८१,५३० कित्ता समेत जोडेर सर्वसाधारणलाई सेयर निष्काशन गरेको हो।

कम्पनीले बुक विल्डिंग विधिबाट शेयर निष्काशन गरेको हो । यी शेयरको मूल्य प्रति कित्ता ३६०.९० रुपैयाँ रहेको छ। आवेदन दिंदा न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्ता शेयरको लागि आवेदन दिनु पर्ने व्यवस्था थियो। सेयर बाँडफाँट गर्दा पनि न्युनतम ५० कित्ता नै शेयर बाँडफाँड हुने छ । यस हिसाबमा ५५ हजार ५ सय २१ जनाले मात्र शेयर पाउने छन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft