Friday, November 22, 2024
Home Business ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर पशुपति क्याम्पसमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर पशुपति क्याम्पसमा

by laganisutra

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं. ७, चाबहिल, मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो ।

यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरहरुको संख्या ६५ पुगेको छ ।

नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५५ शाखा कार्यालय, ३७८ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft