Sunday, September 8, 2024
Home Business पुरानो फोन साटेर सामसुङको नयाँ फोन लिन पाइने

पुरानो फोन साटेर सामसुङको नयाँ फोन लिन पाइने

by laganisutra

काठमाडौं । नेपालमा सामसुङ फोनको राष्ट्रिय वितरक आईएमएस र नेपाली बजारमा स्थानीय रूपमा नवीकरण गरिएका मोबाइल फोनहरू तयार गर्ने सबको फोनले ‘आईएमएस सबको फोन एक्सचेन्ज’ को सुरुवातका लागि साझेदारीको घोषणा गरेका छन् ।

विभिन्न ब्रान्डका मोबाइल प्रयोगकर्ताहरूलाई आफूले प्रयोग गरेको फोन साटेर सामसुङ स्मार्टफोनमा अपग्रेड गर्न सजिलो विकल्प प्रदान गर्ने उद्देश्यले यो मोबाइल एक्सचेन्ज सुविधा सुरु गरिएको छ ।

यो एक्सचेन्ज सुविधा अन्तर्गत ग्राहकले आफूले प्रयोग गरेका कुनै पनि ब्राण्डका मोबाइललाई नयाँ सामसङ स्मार्टफोनसँग साट्न सक्नेछन् । आाईएमएस सबको फोन एक्सचेन्ज सुविधाका लागि वेबमा आधारित प्रणाली तयार पारिएको छ ।

ग्राहकले आफूले प्रयोग गरिरहेको फोनको विवरण भरी एक मिनेटमै आफ्नो फोनको मूल्याङ्कन प्राप्त गरी सामसङ स्मार्टफोनमा सजिलै अपग्रेड गर्न सक्ने बताइएको छ । यस्तो एक्सचेन्ज सुविधा प्राप्त गर्नको लागि ग्राहकले प्रयोग गरिरहेको मोबाइलको भ्याट बिल र परिचय खुल्ने सरकारी परिचय पत्र अनिवार्य रूपमा उपलब्ध गराई स्वघोषणा फाराम भर्नुपर्ने हुन्छ ।

पहिलो चरणमा यो सुविधा हाल सामसङको आधिकारिक वितरक आईएमएस स्मार्ट आउटलेट र काठमाडौंमा रहेका अधिकृत बिक्रेतामा मात्र उपलब्ध गराइएको छ।

सबको फोनका संस्थापक उत्तम काफ्लेले आईएमएस र सबको फोनबीचको यस साझेदारीले मोबाइल प्रयोगकर्तालाई मोबाइल एक्सचेन्जको सुविधा सहज र छिटो बनाउने विश्वास व्यक्त गरे ।

“यस क्रममा हामी ग्राहकलाई उहाँहरूले प्रयोग गरिरहेको पुरानो फोनको उचित मूल्य प्रदान गर्छौं,” उनले भने, “एक पटक प्रयोग गरिएका फोनलाई अपसाइकल गरि पुनः प्रयोग गर्न सके विद्युतीय फोहोरको समस्या समेत सम्बोधन गर्न सकिन्छ । हामीले सुरु गरेको यो प्रयासले नेपालमा वातावरण र पुनःप्रयोग प्रति जिम्मेवार र सामाजिक उत्तरदायी उद्यमशीलताको प्रतिनिधित्व गर्नेछ ।”

आईएमएस ग्रुपकाअध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले सबको फोनसँगको सहकार्यले नेपालमा मोबाइल एक्सचेन्जलाई सहज बनाउने विश्वास व्यक्त गरे । यो सुविधाको कार्यान्वयन पहिलो चरणमा काठमाडौंका आउटलेटहरूमा केन्द्रित हुने र क्रमशः यस्तो सुविधा नेपालभर उपलब्ध गराउने योजना समेत उनले सुनाए ।

सबको फोनको प्रविधिसँग आईएमएसको विशेषज्ञतालाई संयोजन गरेर आफ्ना ग्राहकलाई प्रयोगमा आइसकेका फोनको उचित मूल्य प्रदान गरी सामसङ स्मार्टफोनमा अपग्रेड गर्ने सजिलो मौका दिने आईएमएसको योजना रहेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft