Sunday, September 8, 2024
Home Business सेयर बजार १५ अंकले बढ्यो, कतिको भयो आज कारोबार ?

सेयर बजार १५ अंकले बढ्यो, कतिको भयो आज कारोबार ?

by laganisutra

काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से १५ अंकले बढ्दै २१ सयको विन्दुमा उक्लिएको छ । अघिल्लो दिन साढे १० अंकले घटेर २ हजार ८५।८२ अंकमा झरेको नेप्से सूचक दोस्रो दिन पुनः १५।३३ अंकले बढ्दै २१ सय १।१६ अंकमा उक्लिएको हो ।

तथापि, अघिल्लो दिनको तुलनामा कारोबार भने घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १५ अंकले नेप्से सूचक बढेको बजारमा ३ अर्ब ५८ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन १० अंकले नेप्से घटेको बजारमा ४ अर्ब ८ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आज पनि उच्च कारोबार हुनेको शीर्ष स्थानमा हिमालयन रिइन्स्योरेन्स नै रहेको छ । कम्पनीको २३ करोड २ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर आज दोस्रो बजारमा कारोबार भएको छ ।

यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १६ करोड ३० लाख २५ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा यता एनआईसी एशिया बैंक लिमिटेडको १३ करोड ७७ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज अन्य समूहको उपसूचक झिनो ९०।०५ प्रतिशत० ले घट्नु बाहेक अरु १२ वटा उपसूचक धनातमक भएका छन् । सबैभन्दा बढी म्यानु एण्ड प्रो समूहको उपसूचक आज २।२२ प्रतिशतले बढेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft