Sunday, September 8, 2024
Home Business अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले नेपालमा लगानी गर्न चासो देखाएका छन् : अर्थमन्त्री महत

अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले नेपालमा लगानी गर्न चासो देखाएका छन् : अर्थमन्त्री महत

by laganisutra

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशसरण महतले अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले नेपालमा लगानी गर्न चासो देखाएको बताएका छन्। काठमाडौंमा भएको तेस्रो लगानी सम्मेलन निर्देशक समितिको तेस्रो बैठकमा बोल्दै मन्त्री महतले यस्तो बताएका हुन्।

‘लगानी आकर्षण गर्न हाम्रा लागि अभूतपूर्व अवसर छ, विदेशी लगानीकर्ताका साथै नेपाली लगानीकर्ता एवं गैरआवासीय नेपालीलाई समेत आकर्षित गर्न कानुनी र नीतिगत सुधारमा सरकारले कुनै कसुर बाँकी राख्ने छैन,’ उनले भने।

लगानी सहजीकरण, परियोजना कार्यान्वयन र सञ्चालन तथा नाफा फिर्ता लैजान सरल व्यवस्था गरी नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश विश्व समुदायमा पुर्‍याउने लगानी सम्मेलनको प्रमुख ध्येय रहेको उनको भनाइ छ।

मन्त्री महतको संयोजकत्वमा लगानी सम्मेलन निर्देशक समितिको तेस्रो बैठक बिहीबार सम्पन्न भएको छ। बैठकमा लगानी सम्मेलनलाई दृष्टिगत गर्दै तयार भएको नीति, कानुन तथा संरचनागत सुधारसम्बन्धी प्रतिवेदन तथा परियोजनाहरूका सम्बन्धमा छलफल भएको थियो।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft