२०८१ असार २३
Home EconomyNational रवि लामिछानेसहित १८ जनाविरुद्ध सहकारी पीडितले बुझाए जाहेरी

रवि लामिछानेसहित १८ जनाविरुद्ध सहकारी पीडितले बुझाए जाहेरी

by laganisutra

पोखरा । सूर्यदर्शन सहकारीका पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने सहित विभिन्न व्यक्ति र संस्थाविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । पीडितहरुले कास्की प्रहरी कार्यालयमा जाहेरी बुझाएका हुन् । तर उनीहरूको जाहेरी प्रहरीले बुझे पनि दर्ता भएको छैन ।

जाहेरीमा रविसहित पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोला लगायत छन् । संस्थाहरूमा नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, नेचर नेष्ट, वारिसान इन्फोमेसन टेक्नोलोजी, स्प्रिङ उड रियलस्टेट, सोनी क्यापिटल, ग्रिजी स्पान, गोर्खा ग्रुप इन्भेस्टमेन्ट र गोर्खा आयुर्वेद प्रालि विरुद्ध पनि आरोप छ ।

rabi lamichhane 1 4

यसबाहेक उनीहरू निकटका सहकारीविरुद्ध पनि जाहेरीमा नाम छ । छानबिन समितिको प्रतिवेदन अनुसार मनपरी रुपमा पैसा गएको देखिन्छ । पैसा लिएको तर फिर्ता नगरेका कारण जाहेरी दिएको पीडितहरूले बताएका छन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.