Saturday, November 23, 2024
Home Market अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको नाफा बढ्यो

अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको नाफा बढ्यो

by laganisutra

काठमाडौं । अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको नाफा ४७ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार करअघिको खुद नाफा ८ करोड ३९ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा ५ करोड ६७ लाख रुपैयाँ थियो ।

कम्पनीको विद्युत् बिक्रीवापतको आम्दानी बढेसँगै नाफामा सुधार देखिएको हो । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको ६ महिनामा विद्युत् बिक्रीबाट ४२ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यस अवधिमा यस्तो आम्दानी ४० करोड ८६ लाख रुपैयाँ थियो ।

प्लान्ट सञ्चालन खर्च भने बढेको छ । गत वर्षको दोस्रो त्रैमासमा यस्तो खर्च ३ करोड ६५ लाख रुपैयाँ रहेकोमा अहिले ४ करोड ८ लाख पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ २२ पैसा छ भने प्रतिसेयर नेटवर्थ ९९ रुपैयँ ८६ पैसा छ । विद्युत् आयोजना पूर्ण क्षमतामा सञ्चालनमा रहँदा विद्युत् बिक्री आय बढेको कम्पनीले जनाएको छ । सोमबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३५९ रुपैयाँ छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft