291
काठमाडौं । नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
बिहीबारको अन्तिम कारोबार ८.६३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
नेप्सेका अनुसार उक्त मूल्य ६६० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजनपछि यसको मूल्य ६०७ रुपैयाँ ५७ पैसा कायम भएको छ । सोही भाउलाई आधार मानेर यसको कारोबार खुला हुने नेप्सेले जनाएको छ ।