२०८१ असार २२
Home Uncategorized नेपाल सरकार विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै

नेपाल सरकार विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै

by laganisutra

काठमाडौं । नेपाल सरकार विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउन लागको छ । बिहीबार राष्ट्र बैंकद्वारा एक सूचना जारी गर्दै नेपाल सरकारले विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण खोजेको देखिएको छ ।
बैंकले ५ वर्ष अवध भएको विकास ऋणपत्र २०८५ ‘ठ’ जारी गर्न लागेको छ । आज दिउँसो २ बजे उक्त विकास ऋणपत्र बोलकबोल हुँदैछ । यसको निष्कासन मिति माघ १२ गते तोकिएको छ। साँबा भुक्तानी मिति भने २०८५ माघ १२ गते तय भएको छ। साथै यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले पनि खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।।

बैंकका अनुसार उक्त ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ भने ब्याजमा कर पनि लाग्नेछ । इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सकिने सूचनामा उल्लेख छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धीलाई क्रमशः ८५५ र १५५ छुट्याइएको छ ।

घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल पेश गर्नुपर्ने ऋणपत्रमा उल्लेख छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.