२०८१ असार २०
Home Opinion को हुन् त अर्थमन्त्री प्रकाशशरण महत ?

को हुन् त अर्थमन्त्री प्रकाशशरण महत ?

by laganisutra


काठमाडौँ । नुवाकोटका डा.प्रकाशशरण महत सरकारमा सत्ता साझेदारी दल नेपाली कांग्रेस तर्फबाट अर्थमन्त्रालयको बागडोर सम्हालेका छन् । उनी रामशरण महतका भाइ हुन् । उनको जन्म ०५ नोभेम्बर १९५९ मा नुवाकोटमा भएको थियो । महतको राजनीतिका यात्रा २०३६ सालदेखि सुरु भएको हो । तीन दशकभन्दा बढीको राजनीतिक जीवनकालमा उनी द्वन्द्व समाधान, शान्ति प्रक्रियाका साथै नेपालको आर्थिक विकासमा सक्रिय रहेका छन् ।
प्रकाशशरण महतको राजनीतिक यात्रा
कक्षा ७ मा अध्ययनरत रहदा नै नेपाल विद्यार्थी संघको आदर्शबाट प्रेरित भएर राजनीतिमा लागेका महतको जीवन संघर्ष र चुनौतिले भरिपूर्ण देखिन्छ । २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत संग्रहमा अग्र मोर्चामा रहेर काम गरेका महतले २०४२ सालको सत्याग्रहमा सक्रिय भूमिका खेलेका थिए । त्यसबेला २०४० देखि २०४४ सम्म उनी नेपाल विद्यार्थी संघको महामन्त्री थिए ।

नेपाली कांग्रेसको नेतृत्वमा सुरु भएको २०४६ सालको जनआन्दोलनमा डा. महतले एक्सन कमिटीमा रहेर काम गरेका थिए । पार्टीले दिएका जिम्मेवारीहरु कुशलतापूर्वक पूरा गर्ने सरल, सिधा, इमान्दार र अनुशासित कार्यकर्ता भएकोले पार्टीले उनलाई थप जिम्मेवारीहरु प्रदान गर्दै गयो । २०५५ देखि २०५६ सम्म सन १९९८ देखि १९९९सम्म नेपाली कांग्रेसको केन्द्रीय आर्थिक नीति निर्माण समितिमा रहेर काम गर्ने मौका पाएका डा महत २०५९९सन २००२० देखि निरन्तर केन्द्रीय सदस्य रहदै आएका छन् ।
संसदभित्रको जिम्मेवारी
२०६३ सालको अन्तरिम व्यवस्थापिकाको सदस्यको रुपमा व्यवस्थापिकाको यात्रा आरम्भ गरेका महतले पहिलो संविधानसभा २०६४ देखि २०६९ र दोस्रो संविधानसभा २०७० देखि २०७४ सम्म विधायकको रुपमा देश र नेपाली नागरिकको सेवा पनि गरेका थिए ।

सो अघि उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए । माननीय महतले आफ्नो विभिन्न आधिकारिक हैसियतमा विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन तथा शिखर सम्मेलनका साथै विभिन्न द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय बैठकमा नेपालको प्रतिनिधित्व गरेका छन् । डा. महतले बिना महतसँग विवाह गेका छन् । उनी दुई बच्चाका पिता पनि हुन् । महतको परिवार काठमाडौंमा बस्दै आएको छ ।

दोस्रो संविधानसभाले नै २००७ सालको जनक्रान्तिको आह्वान गर्दा नेपाली कांग्रेसका संस्थापक महामानव वीःपी। कोइरालाले अगाडि सारेको नेपाली जनताले आफू शासित हुने विधान आफ्नै जनप्रतिनिधिबाट बनाउने प्रस्तावनालाई मूर्त रुप दिने सफलता पायो । जननिर्वाचित जनताका प्रतिनिधिहरुबाट संविधान निर्माण गराएर नेपालको राजनीतिक इतिहासलाई नयाँ मोड दिने कार्यमा उनले महत्वपूर्ण योगदान गरे ।
राजकीय जिम्मेवारी
पार्टीको एक सच्चा,इमान्दार,अनुशासित,कर्मठ कार्यकर्ता भएको नाताले उनको योग्यता, क्षमता, दक्षता, कर्मप्रतिको समर्पण र कार्य सम्पादन हेरेर पार्टी महतलाई राज्य सञ्चालनका विभिन्न क्षेत्रमा फरक फरक जिम्मेवारी पनि दिएको छ ।
देशमा माओवादी विद्रोह उत्कर्षमा रहेको बेलामा सरकारले २०५५ सालमा सन १९९९ मा गठन गरेको माओवादी समस्या समाधान समितिको सदस्य सचिवको जिम्मेवारी समेत सफलतापूर्वक निर्वाह गरेका महतलाई प्रधानमन्त्री शेरबहादुर देउवाले २०५८ असोजदेखि २०५९ बैशाखसम्म ९ सेप्टेम्बर २००१ देखि मे २००२ सम्म० सल्लाहकारको रुपमा आफ्नो जिम्मेवारी पुरा गरे ।
उनलाई सरकारले २०५८ चैत्रदेखि २०५९ असोज सम्म सन २००२ को अप्रिलदेखि अक्टोबरसम्म राष्ट्रि«य योजना आयोगको सदस्यमा नियुक्त पनि गरेको थियो । उनलाई २०६१ असारदेखि २०६१ माघसम्म सन २००४ देखि २००५ सम्म परराष्ट्र मन्त्रालयको राज्य मन्त्रीको जिम्मेवारी सम्हाले ।
डा.महत शिक्षा,दीक्षा र योग्यताका हिसाबले पनि अब्बल नेतामा पर्छन् । उनले संयुक्त राज्य अमेरिकाको इलिनोइस राज्यको कार्बोन्डेलमा अवस्थित साउथर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएच डी उपाधि हासिल गरेका छन् । उनले सोही राज्यको उर्बाना च्याम्पेनमा रहेको इलिनोइस विश्वविद्यालयबाट नीति अर्थशास्त्र पोलिसि इकोनोमिक्समा स्नातकोत्तर पनि गरेका छन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.