Sunday, September 8, 2024
Home Business ब्याज आम्दानी र सञ्चालन मुनाफा घट्दा महालक्ष्मी विकास बैंकको नाफामा संकुचन, अन्य सूचक कस्ता ?

ब्याज आम्दानी र सञ्चालन मुनाफा घट्दा महालक्ष्मी विकास बैंकको नाफामा संकुचन, अन्य सूचक कस्ता ?

by laganisutra

काठमाडौं । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्ष २०८०र८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म बैंकले २७ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १२।०३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३१ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

ऋचभकत
दोस्रो त्रैमाससम्म बैंकको खराब कर्जा अनुपात ९एनपील० घटेर ४।२१ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ४।५७ प्रतिशत थियो। खराब कर्जालाई मेन्टेन गर्न बैंकले इम्पेयरमेन्ट चार्जका रुपमा ९ करोड ३६ लाख रुपैयाँ छुट्याएको छ। अघिल्लो वर्ष १९ करोड ३८ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको थियो।

यो ६ महिनामा बैंकको खुद ब्याज आम्दानी पनि १४।५३ प्रतिशतले घटेर ८९ करोड २४ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ४ करोड रुपैयाँ थियो।

बैंकले समीक्षा अवधिसम्म ३९ करोड ५७ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ४५ करोड ३९ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि १२।८३ प्रतिशतले घटेको छ।

बैंकको निक्षेप संकलन र कर्जा प्रवाह बढेको छ। अघिल्लो वर्षको तुलनामा बैंकको निक्षेप संकलन बढेर ५३ अर्ब ४ करोड रुपैयाँ र कर्जा प्रवाह ४० अर्ब ५० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकले ५१ अर्ब ४९ लाख रुपैयाँ निक्षेप संकलन गरी ३७ अर्ब १४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft