388
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ३३ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३८ पैसा हुँदा बिक्री दर १६९ रुपैयाँ १४ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ३५ पैसा हुँदा बिक्री दर १४५ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३३ रुपैयाँ रहेको छ ।