347
काठमाडौं । साताको तेस्रो दिन सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य एक सय रुपैयाँ घट्दा चाँदीमा तोलाको पाँच रुपैयाँले कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको १ लाख १९ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
तेजाबी सुनको मूल्य १ लाख १८ हजार ८५० रुपैयाँ कायम हुँदा चाँदी तोलाको १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।