२०८१ असार २३
Home Business संयोजक नै विदेश हिँडेपछि एनसेलको कर छली छानबिन समिति अलपत्र

संयोजक नै विदेश हिँडेपछि एनसेलको कर छली छानबिन समिति अलपत्र

by laganisutra

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद–बिक्रीमा कर छलीसम्बन्धी छानबिन गर्न गठित समितिले जिम्मेवारी पूरा गर्नेभन्दा पनि म्याद गुजार्ने काम गरेको छ।

छानविन समितिलाई सरकारले एक महिनाको अवधि तोके पनि उक्त अवधिभित्र समितिले प्रतिवेदन नबुझाई समितिका संयोजक नै विदेश भ्रमणमा निस्किएका छन्। समितिका संयोजक पूर्वमहालेखा परीक्षक टंकमणि शर्मा आइतबार बेलायततिर गएका हुन्।

समितिलाई दिइएको पूर्वनिर्धारित समयावधि मंगलबार सकिएको थियो। शर्माले प्रतिवेदन नबुझाई म्याद थपको माग गरी बेलायत गएको स्रोतले जानकारी दियो।

गोष्ठीमा भाग लिन भन्दै संयोजक शर्मा बेलायततिर हिँडेपछि अलपत्र परेको समितिको म्याद सरकारले माघ १५ गतेसम्मलाई थप गरेको छ। एक महिनासम्म छानबिनको टुंगो नलाग्नु र संयोजक विदेशतिर हिँड्नुले समितिको निष्पक्षतामाथि पनि प्रश्न उठाएको छ।

समिति गठनकै बेला शर्माको विगतको भूमिकालाई लिएर आशंका उत्पन्न गराएको थियो। अझ शर्माका पछिल्ला गतिविधिले एनसेललाई कर छली प्रकरणमा उन्मुक्ति दिने षड्यन्त्रको संकेत दिएको छ।

यसअघि पनि केही राजनीतिक दलका नेतासँग एनसेलका सञ्चालकहरूको मलेसिया र बैंककमा मिटिङ भएको चर्चा आइरहेका बेला शर्माको बेलायत भ्रमणलाई पनि त्यससँगै जोडिएको छ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.