Sunday, September 8, 2024
Home EconomyGold/Silver निरन्तर घट्दै सुनको मूल्य, तोलाको कति ?

निरन्तर घट्दै सुनको मूल्य, तोलाको कति ?

by laganisutra

काठमाडौं । साताको पाँचौ कारोबार दिन अर्थात बिहीबार सुनको भाउमा गिरावट आएको छ । उक्त दिन सुन प्रतितोला ३०० रुपैंयाले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ७५० रुपैंयामा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै उक्त दिन चाँदीको भाउ स्थिर रहँदै प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४१० रुपैंयामा कारोबार भएको थियो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft