446
काठमाडौं । नेप्सेमा सिटिजन बैंकको ऋणपत्र सूचीकृत भएको छ ।
सोमबार बैंकको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ । सो बैंकले १० वर्ष अवधिको १० प्रतिशत व्यजदरमा ऋणपत्र जारि गरेको थियो ।
सोही ऋणपत्र आज पुस २३ गते बैंक र नेप्सेबीच ऋणपत्र सूचीकरण सम्झौता भएको छ । कम्पनीको सेयर सम्झौता भएको दोस्रो दिन अर्थात भोलीबाट ऋणपत्र दोस्रो बजारमा कारोबार हुनेछ ।