२०८१ श्रावण १२
Home Business ५ वर्षमै १० हजार मेगावाट उत्पादन गर्छौं : इप्पान

५ वर्षमै १० हजार मेगावाट उत्पादन गर्छौं : इप्पान

by laganisutra

काठमाडौँ । आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने गरी नेपाल र भारतबीच भएको दीर्घकालिन विद्युत व्यापार सम्झौताको इप्पानले स्वागत गरेको छ । काठमाडौमा पत्रकार सम्मेलन आयोजना गरी इप्पानले उक्त सम्झौताको स्वागतगरेको हो । सन १९७१ देखि नेपाल र भारतबीच विद्युत आदान प्रदान हुँदै आएकोमा सन २०१४ मा विद्युत व्यापार सम्झौता(पीटीए) भएको थियो ।

सोही सम्झौतामा टेकेर पछिल्लो समयनेपालबाट ५०० मेगावाटसम्म विद्युत अल्पकालिन रुपमा भारतमा निर्यात हुँदै आएको थियो। चालू आर्थिक वर्षमा मात्रै नेपालबाट १५ अर्ब रुपैयाँभन्दा बढीको विद्युत भारत निर्यात भएकोमा यसमा निजी क्षेत्रले निर्माण गरेका जलाविद्युत आयोजनाको ठूलो हिस्सा रहेको थियो । भारतीय विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा २०८० पुस १९ गते भारतसँग भएको दीर्घकालिन विद्युत व्यापार सम्झौताबाट पनि नेपालको निजी क्षेत्रले ठूलो लाभ लिन सक्ने इप्पानको विश्वास छ ।

ipan 20240108073849

You may also like

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.